गेजुवामाथि अनावश्यक प्रश्न उठाइएको छ

काठमाडौँ, असोज ११ । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले सरकारले जुनकुनै पनि अवस्थामा पनि बुढीगण्डकी आयोजना निर्माण गरेरै छाड्ने बताएका छन् ।

बुधवार राजधानीको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी आयोजना लागतको दृष्टिले पनि महँगो आयोजना भएकाले नेपाल आफैले निर्माण गर्न नसक्ने उल्लेख गर्दै आयोजना निर्माणको काम नरोकिने बतएका हुन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पाएको चिनिया कम्पनी गेजुवाको कार्यक्षमतामा अनावश्यक प्रश्न उठाईएको भन्दै उनले आपत्ति जनाए ।

केही दिन अघि संसदीय समितिले गेजुवासंगको निर्माण सम्झौताका सम्पूर्ण प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको दुई दिनपछि मन्त्री शाहीले उक्त आयोजना अघि बढाउने बताएका हुन् ।

व्यवस्थापिका संसद् अन्र्तगतको अर्थ र कृषि तथा जलस्रोत समितिको सोमबार बसेको संयुक्त बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धमा मन्त्रीपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानुन सम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको तथा खुला प्रतिस्पर्धा नगराएको भन्दै खारेज गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *