जिलाभन्दा बाहिर ढुङ्गा बालुवा निकास बन्द गर्न जनप्रतिनिधिको माग

“
धनगढी,असोज ११ । कैलालीका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले जिल्लाभित्र भौतिक संरचना निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोतको जिल्ला बाहिर निकासी बन्द गर्नुपर्नेमा माग गरेका छन् ।
जनप्रतिनिधिहरूले यी सामग्री निकासीका लागि गरिएको ठेक्का पनि रद्द गर्न माग गरेका हुन् । उनीहरूले जिल्लाभित्र निर्माण कार्यले तीव्रता लिने भएकाले ढुङ्गा, बालुवा, गिट्टीको अभाव हुन नदिन निकासी ठेक्का रद्द गर्नुपर्ने बताएका छन्।
कैलालीको गोदावरी नगरपालिकाको बुढीतोलामा आयोजित एक जनप्रतिनिधिहरूले कैलालीमा सङ्कलन हुने ढुङ्गा, गिट्टी, बालुवा बाहिर निकासी गरिएमा जिल्लाभित्रको मागको आपूर्तिमा बाधा पुग्ने बताए । बैंठकमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मोहना पुलदेखि अत्तरियासम्म्को छ लेन सडक आयोजनाका लागि मात्रै ११ लाख घनमिटर ढुङ्गा, बालुवा र गिट्टी आवश्यक रहेको बताए । उपहानगरप्रमुख वडले भने– ‘कैलालीभित्र उत्खनन् हुने ढुङ्गा, बालुवा र गिट्टी बाहिर निकासी गरिएमा यहाँको माग धान्न सकिन्न, त्यसैले यी वस्तुको निकासी ठेक्का रद्द गरिनु पर्ने वड को भनाइ छ ।’
बैंठकमा गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले ठेकदारहरूले नदीखोलाबाट जथाभावी ढुङ्गा, बालुवा र गिट्टी सङ्कलन गरिरहेको आरोप लगाए । नगर प्रमुख देउवाले नदीखोलाबाट ढुङ्गा, बालुवा र गिट्टी सङ्कलन, उत्खनन्को नियमित अनुगमन आवश्यक रहेको बताए ।
“








