धनगढीका मिठाई पसलका भान्सा दूर्गन्धित

“
विष्णु जोशी धनगढी
कैलाली, (धनगढीका)असोज ११ । कैलाली,धनगढीकाअधिकांश मिठाई पसलका भान्सा दूर्गन्धित रहेको पाइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले धनगढी बजारका विभिन्न होटेल, मिठाई पसल, पेय पदार्थका ठुला पसल, किराना पसल तथा डेरीको अनुगमन गर्दा डेरी तथा मिठाई पसलका भान्सा अधिकान्श दुर्गन्धित अवस्थामा रहेको पाइएको हो ।
धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मिठाई पसल, किराना, पेय पदार्थ बिक्री गर्ने पसलमा अनुगमन गरेको थियो । यस क्रममा न्यू ब्ल्यु स्टार स्वीट हाउसको भान्साघर निकै दुर्गन्धित अवस्थामा रहेको र मिठाई बनाउन अखाद्य वस्तु प्रयोग गरेको भेटिएको जनाइएको छ ।
त्यस्तै, महावीर भोजनालयको भान्सा घर स्वच्छ भए पनि मिठाईमा रङ्गको प्रयोग गरेको भेटिएको थियो । सूचना अधिकारी कार्कीका अनुसार विगतको तुलनामा गुणस्तरमा केही सुधार आएको बताए । उनले आम उपभोक्ताहरु सचेत हुने हो र सामान खरिद गर्दा बिलसहित सामानको लेवल पनि हेर्ने हो भने अझैं सुधार आउने बताएका छन् ।
“








