वेयरिङ गर्दा करेन्ट लागेर पोखरामा एकको मृत्यु
२०७४ जेठ १५ गते

“
असोज १०, पोखरा । घरमा वेयरिङ गर्ने क्रममा पोखरामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १४ रातडाँडामा विक्रम थापाले बनाउँदै गरेको घरमा वेयरिङ गर्ने क्रममा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको हो ।
साढेदुई तले नयाँ घरमा वेयरिङ काम गर्ने क्रममा भुइ तलामा लिक भएर करेन्ट प्रवाह हुँदा भारत घर भई हाल पोखरा लेखनाथ महानगरपालिका १४ बस्ने मोसाब आलमको मृत्यु भएको हो । उनलाई अचानक करेन्टले झड्का दिएर फल्दा टाउकोमा चोट लागेको थियो ।
उनलाई तत्काल उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








