आर्थिक वर्षको पहिलो २ महिनामा ३० लाख रुपैँया राजस्व संकलन
२०७४ जेठ १५ गते

“
सर्लाही, असोज १० । आर्थिक वर्ष २०७४÷७५ को पहिलो २ महिनामा जिल्ला ट्राफिक कार्यालय सर्लाहीले करिब ३० लाख रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरित चलाइएका ४ हजार २ सय ९१ सवारीसाधनलाई कारबाही गरी २९ लाख ७५ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक पाँचु चौधरीले बताउनुभयो ।
विभिन्न सवारीसाधन दुर्घट्नामा परी ३ जनाको मृत्यु भएका छन् भने एक बालक सहित ७ जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








