मुगुमा खसीबोकाको मुल्य आकासियो

मुगु, असोज १० । मुगुमा गत बर्षको तुलानामा यो बर्ष खसीबोकाको मुल्य आकासिएको छ । यो बर्ष खसीबोकाको १३ हजार देखि २० हजारसम्म कारोबार भएको छ । खसी बोकाको मुल्य आकासिएसंगै उपभोक्ता मारमा परेका छन भने खसीबोकाको बिक्रीमा समेत गिरावट आएको छ ।

मुगुमा चाईनिज च्याग्रा बिगत ३ बर्षदेखि नआउने गर्नाले पनि स्थानीय खसीको मुल्य पनि आकासिएको स्थानीयबासीको भनाइ छ । मुगु जिल्लामा भेडाबाख्रा पाल्नेकिसानहरु कमै भएको हुदा छिमेकी जिल्ला जुम्ला, बाजुराबाट खसीभेडा ल्याईएकाले पनि मुल्य बढाउनु परेको ब्यापारी चन्द्रबहादुर रावलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =