८४ घण्टा भाषण गरेर विश्व कीर्तिमान तोड्ने घोषणा

काठमाडौं, असोज १० ।  स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने घोषणा गरेका छन् । लायन्स क्लब अफ काठमाडौं विहानीले आयोजना गर्न लागेको लङ्गेष्ट म्याराथुन स्पिचमा भाग लिएर उनले यस्तो कीर्तिमान बनाउने उद्धघोष गरेका हुन् ।

काठमाडौंको टेक्सास् कलेजस्थित् कम्युनिटी हलमा असोज १९ गतेदेखि २२ गतेसम्म उक्त कार्यक्रम हुन गैरहेको आयोजक क्लबले जनाएको छ। केसीले लङ्गेष्ट म्याराथुन स्पिचमा याेग, अध्यात्म जस्ता विषयमा निरन्तर ८४ घण्टासम्म स्पिच दिने छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर लङ्गेष्ट म्याराथुन स्पिचकाे जानकारी दिईएको हो । कार्यक्रममा क्लबका अध्यक्ष नारायण रिजालले लङ्गेष्ट म्याराथुन स्पिच कार्यक्रमले  विश्वमा नेपाललार्इ परिचित गराउन सहयाेग पुग्ने बताए ।

डिस्ट्रिक–३२५ बि वानका गभर्नर धनराज आचार्यले कार्यक्रमका बारेमा प्रकाश पार्दै उनलेभने,‘नेपालीहरुको शान र मानको लागि गौरवको विषय हो, यसले नेपालीहरुको शानलाई विश्वसामू उँचो बनाउन मद्दत पुर्याउँछ ।’

त्यस्तै लायन्स क्लब अफ काठमाडौं विहानीका संस्थापक अध्यक्ष केशव थापाले कार्यक्रमको उद्देश्यको बारेमा चर्चा गरेका थिए ।

को हुन केसी ?

२०५८ सालमा स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अन्नतराम केसी त्यसको दुईवर्षपछि सामुदायिक माध्यामिक बिद्यालयको हेडमास्टरको जागिर छाडेर अध्यात्म साधना मार्फत अनन्तको खोजिमा भारततिर लागे । वास्तवमा यी एक यात्री हुन् । यात्रा उनको रुची हो । उनले नेपालको ७५ जिल्लाको फन्को मार्दा ८५०० किमि दूरी छिचोलिसकेका छन् भने ०६६ सालमा भारतको ६ वटा प्रान्तको ४ हजार किलोमिटर बाटो पनि नापी सकेका छन् । उनले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको १२ हजार ५०० किमिको दूरी पैदल यात्रा गरेका छन् ।

केसी अब लामो अवधिसम्म भाषण गरेर गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउने तरखरमा छन् । ७५ घण्टा ३२ मिनेटको लामो भाषण गरेका भारत राजस्थान निवासी अश्विन सुडैनको वर्ल्ड रेकर्ड तोड्ने दाउ अनन्तकाे छ । सकेसम्म १०० घण्टा नभए ८४ घण्टासम्म लगातार भाषण गरेर गिनिज वर्ल्ड रेर्कडमा नाम लेखाउने उनकाे अठाेट छ ।

आफ्नो लामो भाषणमार्फत यो रेकर्डमा नाम लेखाउन चाहेको बताउँदै उनले थपे,‘यस अघि भारतको राजस्थानका आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो वर्ल्ड रेकर्ड ब्रेक गर्नको लागि मैले सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने योजना बनाएको छु ।’

उनले आफूलाई अध्यात्म, स्वास्थ्य, योग जस्तो कुराहरुको ज्ञान भएकोले यही बारेमा भाषण गर्ने जानकारी दिए । उनले भने,‘अध्यात्म, स्वास्थ्य, याेग, जिवनदर्शन जस्ता  बिषयलाई मूल आधार बनाएर बोल्छु । आध्यात्मिक विषय अन्तर्गत महाभारतका कथाहरु, जीवनदर्शन जस्ता कुरा पर्छन्, जसले जीवन बदलोस्, जसले मानिसलाई सुखी राख्न सकोस् । जुन कुरा म सिक्दै आइरहेको छु र सिकाउँछु त्यहि कुरा बोल्छु ।’

गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने आफ्नो पहिला देखिकै लक्ष्य भएको जनाउँदै भने,‘केही न केही पुरुषार्थ गर्नुपर्छ अर्थात् केही न केही कृति त राख्नुपर्छ भन्ने मेरो पहिलादेखि कै सोच हो । अग्रज, गुरु ज्ञानीहरुको संगत र मेरा शुभचिन्तकले पनि हौसला दिनुभयो । संसारमा हरेक कुरा सम्भव छ । मभित्र पनि केही गर्नुपर्छ भन्ने सोच पलायो। त्यहि भएर वर्ल्ड रेकर्ड राख्ने काममा अघि सरेकाे हुँ ।’

गत वर्ष भारतको राजस्थानका एक व्यक्तिले ७५ घण्टा ३२ मिनेट भाषण गरेर वर्ल्ड रेकर्ड राखिसकेकाे समेत उनले जानकारी दिए । अब आफूले नेपालको प्रतिनिधित्व गर्दै उक्त वर्ल्ड रेकर्ड तोड्ने उनले विस्वास ब्यक्त गरे।  गिनिज बुक अफ वर्ल्ड रेकर्ड कार्यक्रमलार्इ राइट पाथ करियर काउन्सेलिङले स्पाेन्सर गरेकाे छ भने, मकालु खबर डटकम अफिसियल मिडिया रहेकाे छ । उक्त कार्यक्रम मेगा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *