यसकारण लखन थापाको शालिक हटाइएको रहेछ

पोखरा,असोज १० । पोखराको पृथ्वीचोकस्थित लखन थापाको शालिक एकाएक गायब पारिएपछि चौतर्फी आवाज उठिरहँदा ट्राफिक कार्यालयले जवाफ दिएको छ । ट्राफिक समस्याका कारण आइल्याण्डलाई साँघुरो बनाउन लागिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख जिल्ला विश्वराज अधिकारीले जानकारी गराए । यसमा कसैले नकारात्मक नसोचिदिन र शालिक प्रहरीसँग सुरक्षित रहेको अधिकारीले जानकारी गराएका छन् ।

सडकको मापदण्डअनुसार आइल्याण्ड साँघुरो बनाउन हाल लखन थापाको शालिक झिकेर सुरक्षित स्थानमा राखिएको जिल्ला उनले बताएका छन् । ‘धेरै फराकिलो हुँदा ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेका कारण आइल्याण्ड साँघुरो बनाउन लागिएको हो । शालिक अग्लो भएका कारण त्यसलाई राख्ने आधार निर्माण गरी थप व्यवस्थित गरिने छ ।’उनले भने ।

उता, पोखराका मगर समुदाय लगायतका स्थानीयहरुले शालिक हटाएर बेपत्ता पारिएको आरोप लगाएका छन् । यसअघि नै पोखरा महानगरपालिकाले शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा छलफल समेच चलाएको बताइएको छ । तर, प्रहरी प्रशासनले रातारात शालिक हटाएपछि स्थानीय बासिन्दाहरु आक्रोशित बन्न पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *