यसरी ब्रिटिस आमा– छोरालाई पाखै पाखा लखेटीन् साहुनीले (हेर्नुहोस् भाइरल भिडियो)

काठमाडौं,असोज १० । अहिले यो भिडियो भाइरल बनेको छ । ३५ वर्षीय ब्रिटिश महिला जेम्मा र १५ वर्षीय छोरो चार्ली बेटेले चिया खाइसकेपछि पैसा तिर्ने क्रममा महँगो भयो भनेपछि यो विवाद भएको बताइन्छ । त्यसपछि साहुनीले दुवैजनालार्इ लाठो बोकेर भिरालो बाटोमा लखेटेको भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा छोरा अघि अघि कुदिरहेका छन्  । आमा जेम्माले ति नेपाली महिला (साहुनी)को भिडियो खिच्दै माफी मागिरहेकी छिन् । यससँगै ति नेपाली महिलाले रिस थाम्न नसकेर जेम्मालाई कुकर, गधा र गाइँ भन्दै नानाथरि गाली गरेका छन् । तर, जेम्माले भने ‘प्लिज, प्लिज’ भन्दै बारम्बार माफी मागिरहेकी छिन् । अन्त्यमा ति नेपाली महिला हातमा लाठी बोकेर गाली गर्दै फर्किएका छन् । तर, ति नेपाली महिलालाईं जेम्माले भिडियो खिचिरहेकी छिन् भन्ने पत्तै पाइनन् । यससँगै जेम्माले उक्त भिडियो युट्युबमार्फत सावर्जजनिक गरेपछि हँगामा मच्चिइरहेको छ ।

यसरी नेपाली महिलाको आक्रमणबाट जोगिन पुगेकी ती ब्रिटिश महिला जेम्माले आफू र आफ्नो छोरा चार्लीमाथि गरिएको अनैतिक व्यवहार र नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाइएको बताइन्छ भने पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रचारप्रसार गरेको भन्दै बेलायती पर्यटक जेम्मा र चार्ली बेटेबारे अनुसन्धान गर्ने जानकारी हुन आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =