नतिजा आउन बाँकी चार तहको पछिल्लो अवस्था, कहाँ को अघि ?

काठमाडौं, असोज १० ।    प्रदेश नम्बर २ का १ सय ३६ स्थानीमा असोज २ गते चुनाव भएकोमा अब चार ठाउँको मात्रै नजिता आउन बाँकी छ । अहिलेसम्म १ सय ३२ तहको नजिता आएकोमा नेपाली कांग्रेस ३८, संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८, फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् ।

नतिजा आउन बाँकी वीरगञ्ज महानगरपालिकाको मतगणना रोकिएको छ ।  ६७ हजार ७ सय ३५ मत गनिसक्दा संघीय समाजवादी फोरम १५ हजार ७ सय ७८ मतसहित मेयरमा अग्रस्थानमा छ ।  उपमेयरमा फाेरमकाे १५ हजार ५० मतले अघि छ । यस्तै कांग्रेस मेयरमा १४ हजार ३ सय ३८, उपमेयरमा १६ हजार ६ सय १५, राजपाले मेयरमा ९ हजार ६ सय ४३ र उपमेयरमा ८ हजार ८ सय ४८ मत ल्याएको छ ।

यस्तै एमालेले मेयरमा ७ हजार ३ स ४८ र उपमेयरमा ८ हजार ८ सय २१ मत र माओवादी केन्द्रले मेयरमा ७ हजार १ सय ६५  र उपमेयरमा ४ हजार ४ सय २६ मत ल्याएको छ । यस्तै लोकतान्त्रिक फोरमले ६ हजार ३८ र उपमेयरमा ५ हजार ३२ मत ल्याएको छ । वीरगञ्जको वडा नम्बर १५, १६, १७ र १८ को मतगणना रोकिएको हो । दलरुहले मेयर उपमेयरको फेरि मतगणना गर्न माग गरेपछि गणना रोकिएको हो  ।

२ नम्बर प्रदेशको मत आउन बाँकी बाराको कलैया उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेको मेयरका उम्मेदवार विनोदप्रसाद साह १० हजार ६ सय ३१ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका  राजेश राय यादवले १० हजार ५ सय ६१ मतसहित पछ्याइरहनु भएको छ । यस्तै संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले  ९ हजार २ सय ७३ मत ल्याउनु भएको छ । उपमेयरमा पनि एमालेकी उम्मेदवार प्रतिमा यादव १० हजार २ सय ९० मत पाउँदै अग्रस्थानमा हुनुहुन्छ । कांग्रेसकी रहिमा खातुनले १० हजार २ सय र संघीय समाजवादी फोरमकी लक्ष्मीदेवी पटेलले ८ हजार ५ सय ६ मत ल्याउनु भएको छ ।

यसैबिच कलैया उपमहानगरपालिकाको वडा नम्बर २० मा मतगणना रोकिएको छ । मतपत्रमा स्वस्तिक छाप फरक भएको भन्दै एमालले फेरि मतदान गर्न माग गर्दै विवाद गरेपछि त्यहाँ मतगणना रोकिएको हो । विवादबारे निर्वाचन आयोगलाई पत्राचार गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।

यस्तै बाराको बारागढी गाउँपालिकाको अन्तिम मत परिणाम मंगलबार दिउँसोसम्ममा आउने निर्वाचन अधिकृतले बताएका छन् । यो गाउँपालिकामा अहिलेसम्म कांग्रेसको अग्रता छ । यस्तै सप्तरीको राजविराजमा राजपा अगाडि छ । राजपाका मेयरका उम्मेदवारले २ हजार २० मत ल्याएका छन्  भने उपमेयरमा १ हजार ९ सय ७ मत ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *