पल्सर डेयर भेन्चर–३ को उपाधि अमितलाई

माघ २२, काठमाडौँ । पल्सर डेयरभेन्चर ३– को उपाधि अमित श्रेष्ठले हात पारेका छन् । फाइनल चरणमा तीन प्रतिष्पर्धिलाई पछि पार्दै अमितले सो उपाधि हात पारेका हुन् । उनले उपाधिसँगै नगद रु.१० लाख र पल्सर एनएस र सामसङ एस ८ं प्राप्त गरेका छन् । प्रतियोगिताको उपविजेता पबिन कार्की भए ।

उनले नगद रु.५ लाखका साथमा पल्सर एनएस र सामसङ एस ८ प्राप्त गरे । भने प्रतियोगितामा बिबिद जङ्ग थापाले तेस्रो स्थान हासिल गरे । उनले पल्सर एनएस प्राप्त गरे । अमित श्रेष्ठले साम्सुङ्ग अन इस्टपबल राइडर र गणेशमान श्रेष्ठले शिखर साफ राइडरको ताज हात पारेका छन् । गत माघ १८ गते तेस्रो संस्करणको समापन कार्यक्रम गरी विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले पल्सर राइडरहरुलाई मनाङ्गको खाङ्गसारसम्मको साहसिक राइड अनुभव लिने स्वर्ण अवसर दिएको बताउँदै नेपालको इतिहासमा नै पहिलो र दोस्रो बाइक रियालिटी सो भएको बताए । उनले शाहसिक बाइक राईडर्सहरुका लागि प्रतियोगिता लोकप्रिय भएको बताए । साथै उनले आगामी दिनमा बजाज पल्सर डेयर भेन्चरलाई परिस्कृत गर्दै नेपालको नदेखिएका र थाहा नभएका मनोरम भूभाग देखाउने गरी निर्माण गर्ने बताए ।

बजाज पल्सर डेयर भेन्चर नेपालकै सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनी तथा बजाज मोटरसाइकलको आधिकारिक बितरक, एचएच बजाजले प्रस्तुत गरेको देशकै पहिलो बाइक रियालिटी सो हो । एचएच बजाजले सामसङसँगको सहकार्यमा बजाज पल्सर डेयर भेन्चर सञ्चालन गरेको हो ।

पल्सर डेयरभेन्चर–३ को इभेन्ट पार्टनरहरु शिखर इन्स्योरेन्स, सर्भो लुब्रिकेन्टस्, बाइकर्स नेपाल र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका छन् । विभिन्न चरणबाट १० जना साहसीहरू प्रतियोगितामा सामेल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =