आर्सनलले वेष्ट ब्रोमलाई हरायो, अलेक्जेन्डरले गरे २ गोल

काठमाडौं, असोज १० । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा आर्सनल विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे ।

जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *