नेप्सेमा सुधार, कारोबार न्यून

२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ९ । पछिल्ला दिन ओरालो लाग्दै रहेको सेयर बजारमा सोमबार सुधार आयो । नेप्सेमा सुधार आएपनि कारोबार भने न्यून रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बराबरले उकालो लागेर १५ सय ४५ कायम हुन पुग्यो ।
व्यापारमूलक र होटलबाहेक अरु समूह सकारात्मक रहे । जलविद्युत् समूह सबैभन्दा उच्च २१ अंकले उकालो लाग्यो । बिमा र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले उकालो लागे । अरु समूह सामान्य अंकले हरियो रहे ।
व्यापारमूलक समूह २३ अंकले र होटल समूह ८ अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ६ लाख ३२ हजार कित्ता सेयर जम्मा २८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित