एन आइ सी एसिया बैङ्कको चाड पर्व विशेष योजना सार्वजनिक

“
काठमाडौँ, असोज ९ । एन आई सी एसिया बैङ्क लिमिटेडले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठको अवसर पारेर पहिलो पटक अत्यन्त सुलभ रूपमा घर तथा जग्गा खरिद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पुर्याउँने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ ।
बैङ्कले ‘एन आई सी एसिया बैङ्कको दसैँ तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरू सामु ल्याएको जानकारी गराएको छ ।
यस योजना अन्तर्गत सहज रूपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरू पेस गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धी निर्णय भैसक्ने व्यवस्था गरिएको छ । यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्याङ्कन, बिमा वा कर्जा सूचना लगायतका कुनै पनि दस्तुर÷शुल्क लाग्ने छैन ।
साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरिद गर्न वा अन्य बैङ्क तथा वित्तीय संस्थाको कर्जा SWAP गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन गरिने छैन । कर्जाका लागि अनलाइनबाटै बैङ्कको Website मार्फत कर्जाको Eligibility रकम जाँच गरी आवेदन दिन सकिनेछ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुचि र आवश्यकता अनुसार Term Loan /Overdraft कर्जा प्रदान गरिनेछ ।
बैङ्कबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त Flexible विशेषताहरू समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको Combo Product को रूपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ । यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क/दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।
साथै,उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरू भएको Home Loan Product जारी गर्ने एन आई सी एसिया बैङ्क देशकै पहिलो र एक मात्र वाणिज्य बैङ्क हो र यसबाट हजारौँको सङ्ख्यामा ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने हामीले विश्वास लिएको छ । ‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन बैङ्कले आह्वान गरेको छ ।
“








