दशैंको मुखमा डा. गोविन्द केसीको अनसन

“
असोज ९, काठमाडौं । डा. गोविन्द केसी आजबाट पुनः अनसनमा बस्ने भएका छन् । संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी आजदेखि १३औं अनसन बस्ने भएका हुन्।
आज बिहान ११ बजेदेखि १३ औं पटक शनसन सुरू गर्ने बताईएको छ । ‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी लामो अभियानमा भएको तथा सरकारले बारम्बार सम्झौता उल्लंघन गरेर सीमित व्यवसायी र माफियाहरूको स्वार्थमा काम गरिरहेको ब्यवसायी र मेडिकल माफियाको चंगुलबाट मेडिकल शिक्षालाई बचाउन आफ्नो अनसन रहेको बताईएको छ । ‘यस क्रममा अहिले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा ऐन जारी गर्न प्रयास भइरहेको पुष्टी भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘ यो अवस्थामा स्वास्थ्य क्षेत्रमा दीर्घकालिन हानी पुग्ने गरी ऐन आउनबाट रोक्न आवश्यक भएकाले आजै दिनको ११ बजेदेखि सत्याग्रह कार्यक्रम सुरू गर्ने घोषणा गर्दछौं।’
विगत १२ पटकसम्म सरकारले मेडिकल शिक्षाका सन्दर्भमा डा. केसीले उठाएका मागहरु उपर गम्भिर नभई सहमति गर्दै सहमति तोड्दै आउँदै गरेको छ । नेपालीहरुले महान चाडहरु दशैं तिहार भित्रदै गर्दा डा. केसीको सत्याग्रहले सरकारलाई दवाव पुग्ने बताईएको छ ।
“








