अखिलाले चुमिन् मिस सुनारको उपाधि

“
पोखरा । सुनार समुदायको युवतीबीच आयोजना गरिएको मिस सुनार नेपााल २०१७ को ताज अखिला सुनारले हात परेकी छन् । पोखरा सभागृह हलमा अयोजित कार्यक्रममा अखिलाले ‘नेपालमा मोडलिङ पेसा फस्टाउन सकेको छैन यसलाई सुधार्न केके गर्नु पर्ला ?’ भन्ने निर्णायकको प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै मिस सुनार नेपाल २०१७ को ताज पहिरन सफल भईन् ।
उनले १० तोलाको चाँदीका क्राउन उपाधिसँगै पचास हजार रुपैयाँ नगद र अन्य गीफ्ट भौचरहरु प्राप्त गरिन् । उपाधि हातपार्नकोलागि प्रतियोगिबीच लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाइएको थियो । जम्मा १५ प्रतिस्पर्धीबाट छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अखिलालाई उत्कृष्ट विजेता धोषित गरिएको हो ।
प्रतिस्पर्धामा सहभागीहरुको मूल्याङकनका लागि चलचित्र निर्देशक तथा गायक नेत्र गुरुङ, मोडल निरज पन्त, सौन्दर्यकर्मी रोजी श्रेष्ठ र व्यवसायी प्रकाश शेर्पाइलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सुनार समुदायका युवतीहरूको सर्वाङ्गीण विकास गर्ने उदेस्यले पिएसथा इन्टरटेन्मेन्टको आयोजना गरिएको आयोजकको दाबी छ ।
एक दिनकोलागि मात्र सञ्चालन गरिएको ग्राण्ड फिनालेबाट दृष्टि सुनारले फस्ट रनरअप बनिन् भने अश्मिता सुनारले सेकेण्ड रनरअप र सपना सुनारले अर्गनाइजर च्वाईसको उपाधि चुम्न सफल भइन् । फस्ट रनरअप दृष्टिले ताजसंगै विष हजार रुपैयाँ नगद र सेकेण्ड रनरअप अश्मिता सुनारले दश हजार रुपैयाँ नगदसँगै अन्य गिफ्ट ह्Þयाम्पर प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा अन्य आठ ओटा विभिन्न सबटाइटल मार्फत पनि अवार्ड प्रदान गरिएको थियो ।
“








