यो काठमाण्डू हो की धुलमाण्डू ???


भाद्र २६, काठमाडौं । राजधानीका सडक ब्यस्थित नहुँदा सर्वसाधारणले सास्ती पाएको वर्षौ भईसक्यो । थानकोट–कलंकी–कोटेश्वर सडक खण्डलाई आठ लेनको बनाउने, कलंकीमा भूमिगत मार्ग निर्माण गर्ने भनेर वर्षौदेखि योजना ल्याईएपनि अहिलेसम्म पुरा हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिका, नेपाल सरकार सडक विभाग, उपत्यका शहरी विकास लगायतले तीन वर्षदेखि सडक विस्तारको काम गरिरहेपनि त्यो काम प्रभावकारी हुन सकेको छैन ।
थानकोटदेखि कलंकी हुँदै कोटेश्वर आउने सडक खण्डमा वर्षायाममा पानी पर्दा हिलोका कारण सर्वसाधारणले सास्ती पाउँछन् भने, सुख्खा याममा अत्याधिक धुलो धुवाका कारण सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परेको छ ।
अहिले राजधानीका बासिन्दालाई धुलो धुवाँका कारण लाग्ने रोगहरुको संक्रमण बढेको छ । रुघाखोकी, दम, छालाको एलर्जी जस्ता रोगहरू राजधानी बासीमा अत्याधिक देखिएको छ । यो विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
हामीले राजधानी प्रवेश गर्ने थानकोटदेखि करिब डेढ किलोमिटर वर सतुंगल देखि कलंकी हुँदै बल्खुसम्मको मुख्य सडकको स्थलगत अवलोकन गरेका छौँ ।
हेर्नुहोस् राजधानीको दुर्दशा








