कुन देशकाे नेताको तलब कति ?

असाेज ८, काठमाडाै । संसारका सबै जसाे देशहरूमा राष्ट्र प्रमुखकाे सेवा सुविधाकाे बारेमा चर्चा हुने गर्छ । नेपालमा पनि राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधामाथि बहस जारी छ । उनीहरू पूर्व भएपछि उपलब्ध गराइने सुविधाका विषयमा पनि कानुन बन्ने क्रममा छ । तर, नेपाली नेताहरूको वैधानिक सेवा सुविधा थोरै भए पनि चोर बाटोबाट अकुत सम्पत्ति आर्जन गरेकाे देखिन्छ ।

त्यसैले पनि नेताहरू जनतामा ‘बदनाम’ छन् । नेताहरूलाई नेपालमा मात्र होइन, विश्वका सबै मुलुकमा निश्चित सेवा सुविधा तोकिएको हुन्छ । संसारका महत्त्वपूर्ण निर्णय लिने नेताहरूलाई पारिश्रमिकका रूपमा रकम उपलब्ध गराउने गरिन्छ । तर, तपाईँलाई आश्चर्य लाग्न सक्छ कि संसारका ठुला मुलुकका राष्ट्र प्रमुखहरुको पारिश्रमिक कयौ साना देशको तुलनामा कम छ ।

–सिंगापुरका प्रधानमन्त्रीले १४,१६,७२६ युरो वार्षिक तलब पाउने गर्दछन् ।
–अमेरिकी राष्ट्रपतिले ३,३३,३४७ युरो वार्षिक पारिश्रमिक पाउँछन् ।
–जर्मन चान्सलरको वार्षिक तलब २,३६,३६५ युरो छ ।
–फ्रन्च राष्ट्रपतिले वार्षिक रूपमा १,७९,८८० युरो तलब लिन्छन् ।
–बेलायती प्रधानमन्त्रीलाई वार्षिक रूपमा १,६९,१७३ युरो तलब दिने गरिन्छ ।
–जापानका प्रधानमन्त्रीलाई वार्षिक १,६९,१७३ युरो पारिश्रमिक प्रदान गरिन्छ ।
–दक्षिण अफ्रिकाको राष्ट्रपतिले वार्षिक १,६८,००० युरो तलब लिने गर्दछन् ।
–रुसका राष्ट्रपतिले १,१३,३३८ युरो वार्षिक तलब पाउँछन् ।
–भारतका प्रधानमन्त्रीले हरेक वर्ष २६,५७३ युरो तलब पाउने गर्दछन् ।
–चीनका राष्ट्रपतिलाई वार्षिक १८,३४८ युरो तलब दिने गरिन्छ ।

सिंगापुर सानो देश हो तर त्यहाँका प्रधानमन्त्रीको तलब निकै धेरै देखिन्छ । चीन संसारकै ठुलो देश भए पनि त्यहाँका राष्ट्रपतिको तलब निकै कम देखिन्छ । नेपालमा पनि यसरी नै तलब तोकिएको छ । तर, उनीहरूको आर्थिक हैसियत हेर्दा तलबमा मात्र सीमित नरहेको स्पष्ट हुन्छ ।
विशेष समाचार स्राेतकाे आधारमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *