बल्ल टेन्सन हट्यो, अब त आँखा चिम्लेर नै मेयर बनिन्छ

काठमाडौँ, असोज ८ । अहिले वीरगञ्ज महानगरपालिकाका लागि काँग्रेस र सङ्घीय समाजवादी फोरमबीच ‘त कि म अघि’ भन्ने नै छ । तेस्रो चरणको दुई नम्बर प्रदेशको निर्वाचनअन्र्तगत एकमात्र महानगर रहेको वीरगञ्जमा  काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका अजय द्विवेदी र फोरमका विजय सरावगीबीच घम्सा घम्सी चलिरहेको छ । अहिले सम्मको मत परिणाम अनुसार फोरमका सरावगीले १०२१८ मत र कांग्रेसका द्विवेदीले १०११४० मत पत प्राप्त गरेका छन् ।

मेयरका प्रत्यासी दुवैले मत गणनालाई नियाल्दै गर्दा फोरमका सरावगीले आफूले वीरगञ्जको मेयर पदमा कन्फर्म जित हात पारिसकेको दाबी गरेका छन् । ‘मैले मत गणनालाइ उत्साहपूर्वक नियालिरहेको छु । मैले मेरो जित कन्र्फम भएको घोषणा गर्न मात्र बाँकी छ । अहिले जारी रहेको मेरो अग्रता पछि हट्दैन।’ मेयर सरावगीले टेलिफोन वार्ताका क्रममा सुनाए ।

यसअघि मत गणनाका क्रममा राजपाका राजेशमान सिंह र अजय द्वीवेदी नै सरावगी भन्दा अगाडि थिए। तर, वीरगञ्ज बजार क्षेत्रका वडा नं ८ र १२ को गणना सुरु गरिएसँगै भटाभट सरावगीको पक्षमा मत देखिन आयो । मारवाडीको पकड क्षेत्र मानिएको बजार यसअघिको निर्वाचनमा काँग्रेसको एकलौटी नै थियो । तर, अहिले त्यो अवस्था फेरिन पुगेको छ । अब, बजार वीरगञ्ज क्षेत्रका वडा नं १३ देखि २० सम्मक मतपेटिका खोल्न बाँकी रहेको छ । सरावगीलाई आठ र १२ को मत नै आफूलाई आउँला कि नआउँला भन्ने टेन्सन रहेको तर अब त्यो तनाव हटेको उनले बताए । ‘मलाई यहीँ बजार क्षेत्रको भोटको टेन्सन थियो । तर, अब,त्यो तनाव हट्यो । बाँकी १३ देखि माथिल्लो वडामा त आँखा चिम्लेर जित्छु ।’ उनले भने ।

तर ती सबै वडाको मत गणना नभएसम्म कसले जित्ला ? भन्न सकिने अवस्था नरहेको काँग्रेसी नेताहरूले बताइरहेका छन् । भने,वीरगञ्जको वडा नं १३ देखि २० सम्मको मतपेटिका गणना नभइसम्म आफूले हार नस्वीको द्विवेदीले अड्डी कसेका छन् । ‘अझैँ सात वडाको मत गन्न बाँकी नै छ । म किन आत्तिने ? जब, सबै वडाको मत परिणाम आउँछ तब मात्र जित कसको हो । थाहा हुन्छ । त्यसैले कसैले उ जित्छ भनेर फुर्ति लगाउँनु पर्दैन ।’ द्विवेदीले आफूले हार नखाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =