बेलायतमा आतंकवादी आक्रमणमा ६ जनाको मृत्यु ३० भन्दा बढी गम्भिर घाइते
२०७४ जेठ १५ गते

जेष्ठ २१ / बेलायतमा आतंकवादी आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी गम्भिर घाइते भएका छन् । सामान्य घाइते भएकाहरू भने घटनास्थलमै प्राथमिक उपचारपछि घर फर्किएका छन् ।

स्थानीय समय अनुसार राती १० बजे मध्य लण्डनमा तीब्र गतिमा रहेको एउटा भ्यानले पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाए लगत्तै प्रहरी अधिकारी तथा सर्वसाधारण माथि अन्धाधुन्ध चक्कु आक्रमण शुरु भएको बीबीसीले उल्लेख गरेको छ । आक्रमण पछि अहिले लण्डन ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ भने लण्डन भर सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
आक्रमण पछि बेलायती प्रधानमन्त्री टेरिजा मेले निन्दनीय घटना भएको भन्दै कोब्रा आपतकालिन कमिटिको आकस्मिक बैठक बोलाउनु भएको छ । केही दिन अघि बेलायतको म्यानचेष्टर एरिनामा आरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको विष्फोटमा परि २२ जनाको मृत्यु भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








