धरानका अधिकांश ठाउँमा बिक्री वितरण हुने मासु खानु हानिकारक

भरतराज शर्मा, धरान । सुनसरीको धरानमा बिक्री हुने गरेको मासु स्वस्थ्यकर नभएको पाइएको छ । धरान उपमहानगरपालीकाले गरेको मासु पसल तथा बध स्थलको अनुगमनका क्रममा धरानका अधिकांश ठाउँमा बिक्री वितरण हुने मासु खान हानिकारक हुने अनुगमनमा संम्लग्न खाद्य प्राबिधिकहरुले बताएका छन् ।

पशु वा पक्षिंलाई बध गर्ने स्थान र बध गरी सकेपछि पुरा गर्नु पर्ने कार्य नै पुरा नगरी मासु बिक्री वितरण हुने गरेको पाइएको छ । केन्द्रीय प्रविधि क्याम्पस धरानकी उपप्राध्यापक बबिता अधिकारीले भनिन, ‘यस्तो मासुले जनस्वास्थ्यलाई निकै ठुलो असर पु¥याउँछ । उनले स्थानीय सरकारले मासु बिक्री सम्बन्धी आवश्यक कानुन बनाएर व्यवस्थित गर्नु पर्ने बताईन ।’

धरान उपमहानगरपालीकाकी उप प्रमुख तथा अनुगमन समितिकी संयोजक मञ्जु भण्डारीले अब बजार अनुगमन नियमित हुने भएकाले यस्तो बेथिती सु्धार हुने बताइन ।

केन्द्रीय प्रविधि क्यापमसका माइक्रोबायोलोजीका विद्यार्थी तथा सूक्ष्म जीव सम्बन्धी अध्यनकर्ता धिरेन सुब्बाले धरानका अधिकाशं ठाउँमा बिक्रिकालागि राखिएको मासु स्वस्थ्यकर नभएको बताए । यसले मानव स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ स्थानीय सरकार र उपभोक्ताले बेलैमा ध्यान पु¥याउनु जरुरी छ ।


फुट टेक्नोलोजीका अध्यनकर्ता सौरभ सञ्जेलले बजारमा भेटीएको मासुले मानव शरीरमा ‘स्लो पाइजन’को रूपमा सक्रिय हुने बताए । यसरी मासु बेच्नुलाई कानुनी भाषामा अपराध नै मानिन्छ उनले भने ।‘ पशु वा पक्षिंलाई बध गर्ने स्थान र बिक्री स्थल हेर्दा हामीले मासु हैन मन्द विष खाइरहेका छौ भन्ने देखिन्छ’ धरानकी उपमेयर मञ्जु भण्डारीले भनिन् । उनले धरानका मासु पसल र बधशालालाई व्यवस्थित गर्न गर्न नगर कार्यपालीकाले आवश्यक नीति बनाएर अघि बढ्ने बताइन ।

अनुगमनमा प्रचलित मापदण्ड विपरीत बध गर्ने तथा मासु बेच्नेलाई सचेत गराइएको र दोस्रो पटक पुनः यस्तै अवस्था भेटिए कारबाही गर्ने उनले बताइन । अनुगमनका क्रममा धरान १५ स्थित मिलन पथमा रहेको मासु बिक्री केन्द्रले भने केही नियमहरू पलना गरेको पाइएको थियो ।

बजार अुनगमनमा सुनसरी उद्योग वाणिज्य सघंका प्रतिनिधि, मासु व्यवसायीका प्रतिनिधि, मासु प्राविधिक, खाद्य प्राविधिकका विज्ञ, माइक्रोबायोलीका विज्ञ, प्रहरी, पत्रकार महासघंका प्रतिनिधि, उपभोक्ता हित संम्रक्षण मञ्चका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =