देवेशलाई सातौ खुल्ला पौडी प्रतियोगिताको उपाधि

एन एच पाैडेल, पोखरा । एपिएफ क्लबका देवेश मानन्धरले पोखरामा सम्पन्न सातौ खुल्ला पौडी प्रतियोगिताको उपाधि हात पारेका छन् । नेपाल पौडी सङ्घको तत्वावधान तथा कास्की जिल्ला पौडी सङ्घको आयोजनामा पोखराको फेवा तालमा भएको २.५ कि.मि.को दुरी २१ मिनट ०४.०१ सेकेन्डमा पुरा गर्दै उक्त उपाधि हात पारेको हुन् । उनले नगद २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो स्थानमा एपिएफकै सुभम श्रेष्ठ रहे । उनले २१ मिनट ०४.०७ सेकेन्डमा दुरी पार गरे । यस्तै तेस्रो स्थानमा रहेका सेनाका रुद्र कटुवालले २१ मिनट ५०.९६ सेकेन्डमा दुरी पार गरे । दोस्रो र तेस्रो हुनेले नगद १५ र १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पोखरामा पौडी खेलको विकास र विस्तर गर्ने उद्धेश्यले नेपाल पौडी सङ्घको पहलमा विगत ८ वर्ष देखि माछापुच्छे कप तथा खुला पौडी प्रतियोगिता आयोजना गर्दे आई रहेको सङ्घका अध्यक्ष अशोक बज्राचार्यले बताए ।

प्रतियोगिताको महिला तर्फ पोल्याण्डकी भेनिसा ज्वीक २५ मिनट ००.३४ सेकेन्डमा साथ पहिलो हुन सफल भईन् । दोस्रो स्थानमा उपास्ती महर्जन र तेस्रो स्थानमा अनुष्का पोखरेल रहे । उनीहरूले उक्त दुरी २५ मिनट ४७.३१ सेकेन्ड र २६ मिनट ५६.९२ सेकेन्डमा पार गरे । पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार ५ हजार र ३ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसै गरी कास्की जिल्लाको लागि भएको स्थानीय प्रतियोगितामा कास्कीका धनमान गुरुङ २७ मिनट ३१.५० सेकेन्डमा साथ पहिलो भए । दोस्रो स्थानमा रहेका अर्जुन नेपालीले ३१ मिनट ५०.९९ सेकेन्ड र तेस्रो भएका दिपेन्द्र खड्काले ३६ मिनट २९.२५ सेकेन्डमा दुरी पार गरे । विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र र क्रमशः नगद ८, ५ र ३ हजार प्राप्त गरे ।

दुई विदेशी सहित १ सय ४० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक सुवोध अधिकारी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ्ग, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य, कास्की जिल्ला पौडी सङ्घका अध्यक्ष वैभव पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =