मेयरका उम्मेदवार डा. कनोडियाले तलब भक्ता नलिने

जेष्ठ २९ गते । नेपाली काँग्रेसबाट नेपालगन्ज उप महानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडियाले तलब भक्ता नलिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत रहेका क्षेत्र नम्बर २ मा पर्ने वडाहरुका वडा सभापति र वडाका वडाध्यक्ष सहितको छलफल कार्यकक्रमलार्इ सम्बोधन गर्दै मेयरका उम्मेदवार डा. कनोडियाले नेपालगन्जको बिकास निर्माणका लागि तलब भत्ता केहि पनि नलिने प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले नेपालगंजको मुहार फेर्नका लागि नै आफ्नो उम्मेदवारी परेको भन्दै आफुलाइ सेवा गर्नका लागि अवसर दिन नगरबासीसँग आग्रह गर्नुभयो । राजनिति भनेको समाजसेवा भएकाले यसलार्इ व्यवसायको रुपमा हेर्न नहुने उहाँको भनाई थियो। नेपाली कांग्रेस बोलेर भन्दा पनि काम गरेर देखाउने पार्टी भएकाले आफुले भाषण भन्दा काम गरेर नगरको बृहत्तर हितमा काम गर्ने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा नेपाली कागे्रस बाके नेपालगंज उपमहानगरपालिका नगर सभापति प्रशान्त विष्टले अन्य पार्टिहरुले आफुहरुलाई निकै राष्ट्रबादि ठान्ने गरेको भए पनि नेपालमा नेपाली कांगे्रस बाहेक कुनै पनि पार्टि सच्चा राष्ट्रवाद हुनै नसक्ने ठोकुवा गर्नु भयो ।
कार्यकक्रममा महासमिति सदस्य द्धय राकेश श्री वास्तव र राजकुमार वर्मा, महाधिवेशन प्रतिनिधि फन बहादुर गुरुङ, क्षेत्रिय सभापति रमेश गुप्ता, तरुण बाकेका सभापति विरेन्द्र कुमार शाह, तरुण दल क्षेत्रिय सभापति धनराज वर्मा लगाएत क्षेत्र न २ का वडाका अध्यक्ष तथा बुध सभापति लगाएत सदस्य उमेदवारहरुको उपस्थित रहेको थियो ।








