कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट : गाई, भैंसी घाइते

मंसिर १२, गाईघाट । त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ । बम विष्फोटबाट मानवीय क्षती नभएपनि उम्मेदवार कार्कीको गोठमा रहेको एउटा भैँसी र एउटा गाई घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

यसै सनदर्भमा जिल्लामा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न हालसम्म सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छजना  नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध  विष्णु कटुवाल, कमलामाया तामाङ, उध्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका रहेका छन् । यस्तै माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राईलाई समेत पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =