जितपुर सिमरा उपमहानगरपालिकामा एमाले विजयी

बारा, असोज ८ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका विष्णु पौडेल १४ हजार ८ सय ६५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णबरत सिंले ११ हजार ९ सय ९५ मत ल्याउनुभयो ।

यस्तै उपमेयरमा एमालेकी सरस्वती चौधरी विजयी हुनु भएको छ । उहाँले १४ हजार ४ सय ४९ मतका साथ जित हासिल गर्नु भएको हो । उहाँले प्रतिद्वन्द्वी कांग्रेसकी नारायणी रायमाझीलाई हराउनु भएको हो ।  रायमाझीले १२ हजार ४ सय ९५ मत पाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *