वीरगन्जमा कांग्रेसलाई पछि पार्दै फोरम नेपाल अगाडि

काठमाडौं, असोज ७ । धेरैको चासो रहेको प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जको मतगणना रोचक बन्दै गएको छ ।

मतगणनाको प्रारम्भमा अग्रता लिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् ।

निकै सुस्तगतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयर पदमा अहिले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अगाडि देखिएका छन् ।

यसअघि, दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका विजय सरावगी शनिबार साँझ सवा ७ बजेसम्मको पछिल्लो परिणाममा ८४१० मतसहित अगाडि छन् ।

नेपाली कांग्रेसका अजय द्विवेदीले दोस्रो स्थानमा रहँदै ८३३८ मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ६१४३ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *