इरानद्वारा नयाँ ‘ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण’

तेहरान, असोज ७ । इरानले नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

शुक्रबार तेहरानको एक सैनिक परेडमा सार्वजनिक गरिएको ‘खूरामशार क्षेप्यास्त्र’को सफल परीक्षण गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

सरकारी टेलिभिजनले क्षेप्यास्त्र परीक्षणका भिडियो फूटेजहरु प्रसारण गर्दै उक्त क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म मार हान्न सक्ने अधिकारीहरुले बताएको जानकारी दिएको छ ।

गत जनवरीमा इरानले ‘खूरामशार क्षेप्यास्त्र’को परीक्षण गर्दा बिचमै विस्फोट भएपछि असफल भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधनको क्रममा इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेको केही दिनपछि इरानले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

अमेरिकाले इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गर्दै आएपनि इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षा गर्ने प्रयोजनका निम्ति भएको बताउँदै अमेरिकाको कडा विरोध गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *