१११ स्थानको परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै, एमाले पाँचौ

काठमाडौं, असोज ७ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको १११ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्मको घोषित परिणामअनुसार नेपाली कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २१, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका प्रदीप जैसवाल ३६५७ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा सोही पार्टीकी फूलकुमारी थरुनी ३६७२ मतसहित विजयी भइन् ।

बारा पर्सौनी गाउँपालिकाको अध्यक्षमा राजपाका भोलाप्रसाद गुप्ता २४३८ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा राजपाकै गीता साह २५४२ मत ल्याएर विजयी भइन् ।

पर्साको जगन्नाथपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियाँ ३४०१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा फोरम नेपालकी बिसमिल्ला खातुन २०७० मत ल्याइ विजयी भइन् ।

पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दलका दीपनारायण रौनियार विजयी भएका छन् भने उपप्रमुखमा फोरम नेपालकी सल्मा खातुन विजयी भएकी छन् ।

पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुरेश कुर्मी २१७६ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी २४५९ मत ल्याएर निर्वाचित भएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका विदुरकुमार कार्की विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादीकै कृष्णकुमारी गौतम विजयी भएकी छन् ।

सर्लाहीको हरिऔन नगरपालिकाको प्रमुखमा एमालेका गणेश प्रसाइँ ६०५४ मत प्राप्त गरी विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै रेणुका पौडेल ५९९८ मत प्राप्त गरी विजयी भएकी छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *