विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही
२०७४ जेठ १५ गते

कार्तिक १७, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही गरेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत रु तीन लाख ३१ हजार ७५६ राजश्व असुली समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणका कर्मचारीको संयुक्तरुपमा खटिएको अनुगमन टोलीले ३२ थान पानी तान्ने मोटर, १० थान टिभी, पाँच थान स्टेप्लेजर, तीन थान पङ्खा र एक थान फ्रिज समेत बरामद गरेको छ । दीपावली र छठ सकिएपछि पुनः विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले काम थालेको प्रमुख साहले बताए । रासस
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








