कमल थापालाई रुवाउँदै कोमल केपी ओलीसँग गइन्

काठमाडौँ, असोज ७ । हेर्नेलाई भन्दा देख्नेलाई लाज ! राप्रपा पार्टीमा रहँदा अध्यक्ष कमल थापाले आफूलाई यता न उताको  (जिम्मेवारविहीन) बनाएपछि राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली कम्युनिस्ट बन्ने भएकी छिन् । पर्सि ९ गते सोमबार उनी एमाले अध्यक्ष केपी ओलीको हातबाट फुलमाला र टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

राप्रपाबाट आगामी प्रदेश सभाको निर्वाचनमा दाङबाट उम्मेदवार बन्न लागेकी नेतृ ओलीले आफूलाई राप्रपाले जिम्मेवारविहीन बनाएपछि एमालेमा प्रवेश गर्न बाध्य भएको बताएकी छिन् । अब, उनलाई दाङमै पुगेर अध्यक्ष केपी शर्मा ओली फुलमाला लगा्एर आफ्नो पार्टीमा भित्र्याउँन लागेको एमालेका एक जना नेताले मकालु खबरलाई जानकारी गराए ।

यसअघि एमालेमा जाउँ कि नजाउँ भन्ने अन्यौलको अवस्था रहँदा कोमल ओलीले एमाले प्रवेश गर्नका लागि थुप्रै नेता कार्यकर्ताहरुसँग बहस गरेकी थिइन् । बहसकै क्रममा गायिका,सञ्चारकर्मी र नेतृ सबै खुबी भएकी भन्दै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ग्रिन कार्ड देखाएका थिए । माधव नेपालबाट यस्तो सिग्नल पाएसँगै उनले आफू निकटका व्यक्तिहरुेको लामो सूची नै तयार पारेर सोमबार एमालेमा प्रवेश गर्न लागेकी छिन् ।

कोमल ओली एमालेमा प्रवेश गर्न लागेसँगै राप्रपा अध्यक्ष कमल थापा टेन्सनमा परेका छन् । राप्रपा स्रोतका अनुसार कमलले पार्टी नछोड्न आग्रह गरे पनि ओलीले आफूलाई जिम्मेवारबिहीन बनाएको भन्दै कुनै पनि हालतमा राप्रपा छाडेर एमालेमा जाने अड्डी कसेकी थिइन् । कमलले नो नो भन्दा भन्दै उनी सोमबार एमालेमा प्रवेश गर्दै छिन् । कम्युनिष्ट बन्नका लागि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गर्नुअगावै कोमलले स्थायी कमिटी सदस्य शङ्कर पोखरेललगायतका नेताहरुसँग छलफल गरिसकेका छन् ।

गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, राप्रपा एक भएको नौँ महिनापछि राप्रपा फुटेपछि रेखा वयोवृद्ध पशुपतिसमशेर राणाको प्रजातान्त्रिकमा छिरेकी थिइन् ।

अब,सोमबार कोमल ओलीले एमालेमा प्रवेश गरेसँगै एमालेबाट प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउन लागिएको बताइएको छ । सोमबार अध्यक्ष ओलीले कोमलले दाङबाट चुनाव लड्ने घोषाण पनि गर्ने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *