सगुनको बारेमा भारतीय सरकारको चासो, भारतले सक्दो सहयोग गर्ने

“काठमाडौं, असोज ७ । सोसल कमर्श साइट सगुनको बारेमा भारतीय सरकारले चासो राखेको छ । भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने नेतृत्व तहले सगुनका बारेमा चासो राखेको हो ।

भारतीय सरकारको नीति निर्माण र कार्यान्वयनमा सहयोग गर्ने ‘थीङ्क ट्याङक’ संस्था नीति आयोगले भारतमा समेत कार्यालय राखि सञ्चालनमा आइराखेको स्टार्ट अप कम्पनी सगुनलाई भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बचन दिएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीसँगको भेटमा भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अभिताभ कान्तले भारत सरकार सगुनलाई कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको बताए ।

भेटमा कान्तले भने, ‘सगुनका भावि योजना र परियोजनाहरुमा भारतीय सरकारका तर्फबाट आवश्यक सहयोग रहनेछ ।’ भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारलेस्टार्ट अप कम्पनीहरुलाई प्रवर्दनात्मक कार्यक्रम ल्याएको छ । नीति आयोगले पनि ‘स्टार्ट अप इण्डिया कार्यक्रम’ मार्फत स्टार्ट अप कम्पनीहरुलाई नीतिगत र अन्य व्यवहारिक सहयोग गर्दै आएको छ ।

आयोगका प्रमुख कार्यकारी अधिकृत कान्तसँगको भेटमा सगुनका सहसंस्थापक स्वाती दयाल पनि थिए । यसअघी सगुनका संस्थापक गिरीले भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट गरेका थिए । भारतीय सरकारका दुबै उच्च नेतृत्वसँगको भेटमा उनीहरुले सगुनको योजना र लक्ष्यका बारेमा जानकारी लिएका थिए ।

अमेरिकामा स्टार्टअप कम्पनिका रुपमा स्थापना भएको सोसल कर्मश साइट सगुन ( sagoon.com/invest ) भारतमा समेत कार्यालय खोलेर काम गर्दै आएको छ। सगुनले भारतमा आफ्नो कार्यालयमा डिजाइन र डेभ्लपमेन्टको काम गर्दै आएको छ ।

स्टार्ट अप कम्पनीका रुपमा भारतमा समेत सुरु भएको सगुनलाई सफल बनाउन भारतीय सरकारको तर्फबाट दिनुपर्ने सबै किसिमका सुविधा दिन भारत सरकार तयार रहेको भारतीय गृहमन्त्री राजनाथ सिंहले बताए ।

सगुनले सर्वसाधारणलाई शेयरमा लगानी गर्न अवसर दिएकोमा पनि सिंहले खुसी व्यक्त गर्दै दक्षिण एशियामा पनि स्टार्ट अप कल्चरलाई वढावा दिनुपर्ने आफ्नो राय राखेका थिए । पहिलो चरणमा लगानी गर्न नपाएका र छुटेकाहरुलाई सगुनले अहिले दोस्रो चरणमा शेयरमा लगानी गर्ने अवसर समेत दिएको छ ।

यो अवसर केहि दिन मात्र रहने कम्पनीले जनाएको छ । अमेरिकामा शुरु भएपनि सगुनमा नेपाली मूलका संस्थापक भएको जान्न पाउँदा आफूलाई खुसी लागेको जनाउँदै सिंहले सगुनको सफलता नेपाली मूलको एक नेपालीको मात्र नभइ दक्षिण एशियाकै आम नागरिकको सफलतासँग जोडिएको बताए ।

सिंहले सगुनको सफलतामा भारतीय सरकारको तर्फबाट हुन सक्ने सबै किसिमको सहयोगका लागि आफूहरु तयार रहेको बताए ।

गिरीसँगको भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारत सरकारका तर्फबाट सगुन जस्ता स्टार्ट अप कम्पनीहरुको प्रवर्द्धनमा सहयोग गर्ने आश्वासन दिएका थिए ।

भारतीय उच्च नेतृत्वसँग भएको भेटले आफू निकै उत्साहित भएको उल्लेख गर्दै सगुनका संस्थापक गिरीले स्टार्ट अप कम्पनीहरुलाई वढावा दिने भारतीय नीतिबाट आफू प्रभावित भएको बताए ।

सगुन आफ्नो एन्ड्रोइड भर्सनको मोवाइल एप ल्याउने अन्तिम तयारीमा जुटिरहेको छ। भारतबाटै सार्वजनिक हुने सो मोवाइल एप पछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनले गरेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *