सर्लाहीको लालबन्दीमा नगरपालिकामा एमाले विजयी

काठमाडौं, असोज ७ । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले बिजयी भएको छ । एमालेका मानबहादुर खड्का ८ हजार ९ सय ४९ मत ल्याइ मेयरमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इन्द्र योञ्जनले ५ हजार ६ सय ३९ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा निर्वाचित एमालेकी शान्ति लामाले ७ हजार ९ सय ३४ र उहाँको प्रतिस्पर्धी माओवादी केन्द्रकी शान्ता उपाध्याय राणााले ५ हजार ५ सय ६१ मत प्राप्त गर्नुभयो । १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा माओवादी केन्द्रले ९, एमाले र काँगे्रसले ४–४ वटा वडा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =