प्रदेश २ को चुनाव: ७७ स्थानको परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै

अपडेटः काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

शुक्रबार साँझ सवा सात बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र १४, संघीय समाजवादी फोरम नेपाल १२ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १२ स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् ।

यस्तै, नेकपा एमाले ८, नेपाल लोकतान्त्रिक फोरम ३ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार रौतहटको वृन्दावन नगरपालिकाको प्रमुखमा कांग्रेसका राम स्नेही यादव र उपप्रमुखमा पनि कांग्रेसकै नूर जहाँ विजयी भएका छन् ।

यस्तै, बाराको विश्रामपुर गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अमिरीलाल राउत र र उपाध्यक्षमा सोही पार्टीकी सुमित्रा देवी विजयी भएका छन् ।

महोत्तरीको भंगाहा नगरपालिकाको प्रमुखमा राजपाका सन्जीवकुमार साह र उपप्रमुखमा पनि राजपाकै गंगाकुमारीसिंह दनुवार विजयी भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुखमा कांग्रेसका विजय यादव र उपप्रमुखमा राजपाका रीता कुसहवा विजयी भएका छन् ।

सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा राजपाका अभय सिंह र उपप्रमुखमा पनि राजपाकै रामसखीदेवी कुसहवा विजयी भएका छन् ।

रौतहटको बैधीमाई गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका राजीवरञ्जन यादव र उपप्रमुखमा पनि सोही पार्टीकी प्रेमलता कुसहवा विजयी भएका छन् ।

सर्लाहीको बाग्मती नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका भरतकुमार थापा र उपप्रमुखमा पनि माओवादीकै लीला मोक्तान विजयी भएका छन् ।

सप्तरीको अग्निसाइर–कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परशुराम चौधरी ३३९५ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै मीना चौधरी २९४८ मतसहित विजयी भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *