नेपाल आइडल हुनेले के–के पाउँछन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं, असोज ६ । लामो सयमदेखि चलिरहेको प्रथम नेपाल आइडल प्रतियोगितामा आज (शुक्रबार) तीन प्रतिस्पर्धी मध्ये एक जना प्रथम नेपाल आइडल चुनिने छन ।

नेपाली संगीत प्रेमीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

धेरैको चासो र जिज्ञाशाको विषय प्रथम नेपाल आइडलले के–के पुरस्कार पाउँछन वा बत्तिविकासका लागि के कस्ता अवसर पाउँछन भन्ने जान्ने इच्छा पनि होला । प्रथम नेपाल आइडल हुनेले २० लाख रुपैयाँ नगद, महिन्द्रा कम्पनीको केयुभी १०० कार र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख रुपैयाँ नगद र तेस्रो हुनेले १० लाख रुपैयाँ नगदका साथै थुप्रै बृत्तिविकासका लागि अवसर पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *