कांग्रेसकाे गण मानिने जनकपुरमा राजपा ७ हजार मतले अघि

असाेज ६, धनुषा । प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । काँग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् ।

मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी काँग्रेसले दुइहजार नौ सय ९९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा पनि राजपा नै अगाडी छ । जनकपुर उपमहानगरमा एमालेले शुक्रवार बिहानसम्म हजार मत कटाउन सकेको छैन ।

राजपा
मेयर–९२१९
उपमेयर– ६५२७

नेपाली काङ्ग्रेस
मेयर–२९९९
उपमेयर–२७१७

एमाले
मेयर–९२७
उपमेयर–९१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *