पृथ्वीनारायण शाहको सालिक पुर्नस्थापनाको माग गर्दै रिले अनसन

कात्तिक १६, पोखरा । पोखराको मुख्यचोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक पुनस्र्थापनाको माग गर्दै रिले अनसन सुरु गरिएको छ । पृथ्वीको सालिक पुर्नस्थापनाका लागि गठित संघर्ष समितिले महानगरपालिकाको कार्यालय अगाडी रिले अनसन सुरु गरेको हो ।

पोखरा लेखनाथ महानगरले मुख्यचोकका ठूला र भद्धा आईल्याण्डहरु हटाउने क्रममा पृथ्वीचोकमा रहेको लखन थापाको सालिक हटाएको थियो । तर पुन सोही स्थानमा लखन थापाकै सालिक वनाउने सहमति गरेपछि पृथ्वीनाराण शाहकै सालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन भएको थियो । समितिले सो स्थानमा सालिक राख्ने भए नेपाल राष्ट्र निर्माता पृथ्वीनारायणकै सालिक राख्नुपर्ने माग गरेको छ । समितिले ट्राफिक व्यवस्थापन गर्न पोखराका सम्पूर्ण सालिक हटाएर अन्यत्र पार्क बनाएर राखे आफुहरुलाई आपत्ती नहुने बताएको छ ।

२०६२÷०६३ को जनआन्दोलनका क्रममा आन्दोलनकारीले पृथ्वीको सालिक हटाएका थिए । त्यसपछि त्यहाँ लखन थापाको सालिक स्थापना गरिएको थियो ।

समितिले पोखरा लेखनाथ महानगरपालिका आफ्नो माग पुरा गर्न तयार नभएको भन्दै महानगरको गेटमै रिले अनसन सुरु गरेको हो । महानगरले लखन थापाको सालिक रहेको आईल्याण्ड र सालिक हटाएपछि नेपाल मगर संघ कास्की संग सहमति गरेर पुन लखनकै सालिक वनाउन वजेट समेत उपलब्ध गराएको थियो ।

संघर्ष संघर्ष समितिले दवाव मुलक आन्दोलन स्वरुप कार्तिक १५ गतेदेखी २० गतेसम्म रिले अनसन सुरु गरेको हो । महानगरपालिकाले आफ्ना मागहरु प्रति कुनै चासो नदेखाएपछि आन्दोलन गर्नुपरेको संघर्ष समितिका एक सदस्यले बताए । संघर्ष समितिले पृथ्वीको सालिक पुनस्र्थापनाको माग गर्दै रिले अनसनदेखि पोखरा बन्द सम्मका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =