महोत्तरीको गौशाला नगरपालिका माओवादीको विजयी

महोत्तरी, असोज ६। महोत्तरीको प्रमुख व्यापारी केन्द्र एवम् नगरउन्मुख क्षेत्रको रुपमा परिचित रहेको गौशाला नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी  भएको छ ।

शुक्रबार बिहान ४ बजे घोषित स्थानीय तह चुनावको मत परिणाम अनुसार गौशला नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका शिवनाथ महतो र उपमेयरमा माओवादीकै आशा लामा विजयी हुनुभएको छ । शिवनाथले आफ्ना निकटम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामकुमारी देवी महतोलाई पराजित गर्नुभएको हो ।

यस्तै आशा लामाले संघीय समाजवादी फोरमका उम्मेदवार डा. रमेश यादवलाई पराजित गर्नुभएको हो । मेयरमा विजयी शिवनाथले मेयरमा ५९४४ तथा उपमेयरमा विजयी आशा लामाले  ५९७० मत प्राप्त गर्नुभयो । त्यस्तै प्रतिस्पर्धी मेयर उम्मेदवार रामकुमारीले ५००० र उपमेयर उम्मेदवार रमेशले ४६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गौशाला महोत्तरीले जनाएको छ ।

गौशाला नगरपालिकाको ६ वटा वडामा नेकपा माओवादी, ५ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा संघीय समाजवादी फोरम नेपाल पुरै प्यानलसहित विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *