नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने शक्तिले पार्टी विभाजन गराए: कमल थापा

काठमाडौं, भदौ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने शक्तिले पार्टी विभाजन गराएको आरोप लगाउनुभएको छ । उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दे अध्यक्ष थापाले नेपामा आफ्नो अनुकूलको गठबन्धन निर्माण गर्ने र त्यो गठबन्धनको बलमा आफ्नो प्रभाव स्थापित गर्न चाहने शक्ति नै पार्टी विभाजनको कारक बनेको बताउनुभएको हो । पार्टी एकिकरणको भेलमा केही विकृति पनि पार्टी भित्र छिरेको उल्लेख गर्दै उहाँले त्यही विकृत अवसरवादी तत्वले पार्टी विभाजनलाई मुर्त रुप प्रधान गरेको बताउनुभयो ।

आगामी मंसिरमा हुन लागेको संसद र प्रदेशको चुनाव विचारलाई स्थापित गराउने र अप्रत्यासित रुपमा प्रहार हुन आउने तरबारको सामना गर्नुपर्ने चुनौतिका कारण पनि महत्वपुर्ण भएको भन्दै संगठीत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले परिर्वतित राजनीतिक परिवेशमा आईपर्न सक्ने सबै प्रकारका समस्यासंग जुंध्न सक्ने गरी तयारी अवस्थामा रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =