युएईले टस जितेर फिल्डिङ रोज्यो, नेपाल ब्याटिङमा (लाईभ भिडियोसहित )

 काठमाडौं, मंसिर २० । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले अहिले युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गरिरहेको छ ।  शेख जायद क्रिकेट रंगशालामा घरेलु टोली युएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ्ग थालेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथ ओपनिङ ब्याटिङ गर्न क्रिजमा आएका छन् ।

च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाइँमात्र हुनेछ । नेपालले शुक्रबार घरेलु टोलीविरुद्ध दोस्रो खेल खेल्नेछ । गत महिना भएको छैटौं चरणको खेलमा हङकङ एक खेलमा हार र अर्को खेलमा अंक बाँडेपछि नेपाल डिभिजन टु मा झरेको थियो । च्याम्पियनसिपबाट दुवै टोली विश्वकप छनोटमा समेत पुग्न असफल भएपछि यो खेल प्रतिष्ठाको लागिमात्र हुनेछ ।

अब नेपाल र युएईले डिभिजन टु  बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउनेछन् । डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु  सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ ।

च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा रहेको छ । नेपालको १२ खेलबाट ९ अंक रहेको छ । युएईको समान खेलबाट ६ अंक छ । च्याम्पियनसिपमा शिर्ष दुई स्थानमा रहेका नेदरल्याण्ड र पपुवा न्युगिनी विश्वकप छनोटमा पुगिसकेको छ । अब दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन्  । तालिकाको तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा र पाँचौमा केन्या रहेका छन् ।

भिडियो अार्इसीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =