प्रदेश २ को अहिलेसम्मको ताजा मतपरिणाम यस्तो छ (सूचिसहित)

सोमबार सम्पन्न २ नम्बर प्रदेशको स्थानीय तहको परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म ३० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

अन्तिम परिणाम आएको ३० स्थानीय तहमध्ये नेपाली कांग्रेस १० स्थानमा विजयी भई ३४ स्थानमा अग्रता कायम राखेको छ भने पछिल्लो निर्वाचनमा मात्रै भाग लिएको राजपाले नेपालले ६ स्थानमा जीत हासिल गरी दोस्रो स्थान कायम राखेको छ । राजपा गणना जारी रहेको १४ स्थानमा अगाडि रहेको छ ।

यस्तै, माओवादी केन्द्रले ५ स्थानमा जीत हासिल गर्दै मतगणना जारी रहेको १९ स्थानमा अग्रता लिइरहेको छ । चौंथो स्थानमा रहेको एमालेले ४ स्थानीय तहमा जीत र १३ स्थानमा अग्रता लिएको छ । अहिलेसम्म ३ स्थानीय तहमा विजयी भएको संघीय समाजवादी फोरमले भने गणना भइरहेको २४ स्थानमा अग्रता कायम राखेको छ ।

अर्को मधेसवादी दल नेपाल लोकतान्त्रिक फोरमले भने अहिलेसम्म दुई स्थानमा जीत हासिल गर्नुका साथै एक स्थानमा अगाडि छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *