पप गायक सविनकाे साथमा गरिमाकाे धरानमा लाईभ कन्सर्ट


“
भरतराज शर्मा, धरान । तातोपानी प्रोजेक्ट च्यारीटी सहयोगार्थ सुनसरीको धरानमा लाईभ कन्सर्ट हुने भएको छ । आउदो असोज २१ गते शनिवारका दिन चतरा लाइन स्थित पब्लिक उच्च मा बि. को खेल मैदानमा लाईभ कन्सर्ट गरिने आयोजक नुनढाकी तातोपानी धार्मिक तथा पर्यटक स्थल संरक्षण समितिले जनाएको छ ।
सङ्खुवासभा बासी धराने युवा र नुनढाकी तातोपानी धार्मिक तथा पर्यटक स्थल संरक्षण समितिको संयुक्त आयोजनामा हुने कन्सर्ट कार्यक्रममा चर्चित पप गायक सबिन राई, फारोह, ऊर्जा ब्याण्ड, हास्य कलाकार सुवोध गौतम तथा स्थानीय गरिमा डान्स सेन्टरको प्रस्तुति रहनेछ । कार्यक्रममा धरानका अन्य स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने कन्सट आयोजक समितिका सम्योजक रोसु रेग्मीले जानकारी दिए ।
उक्त कार्यक्रमबाट संकलित रकम तातोपानी प्रोजेक्ट च्यारीटीका लागि खर्च गरिने च्यारीटीका कार्यक्रम निर्दैशक प्रेम बहादुर लिम्बु (सञ्जय) ले जानकारी दिए । कार्यक्रममा भी आईपी टिकट एक हजार र गेट पासमा १ सय रुपैयाको टिकट प्रदान गरी प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
“
