डेंगुको संक्रमण सुनसरीको धरानमा पनि देखियो

भरतराज शर्मा(गोपाल), सुनसरी । पछिल्लो समय पूर्वको झापा र मोरङ लगायतका स्थानमा तीव्र रूपमा फैलिएको डेंगुको संक्रमण सुनसरीको धरानमा समेत फेला परेको छ । धरानमा डेंगु रोगको संक्रमण देखा परेसँगै सुनसरीमा फैलन सक्ने खतरा समेत बढेको छ ।

उपचारका लागि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगु भेटिएको हो । ५ दिनको अवधिमा धरानमा १५ जनामा डेंगुको संक्रमण भेटिएको पाइएको छ । सो कारणले समेत धरानमा डेंगो रोगको जोखिम क्षेत्रको रूपमा लिन थालिएको छ ।

यही कार्तिक १० गतेदेखि १५ गते सम्मको रेकर्ड अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल, सप्तकोशी डाइनोटिक्स, बुढासुब्बा डाइनोटिक्समा गरेको चेक जाँचका आधारमा १५ जनामा उक्त रोगको सक्रमण फेला परेको हो ।

जसमा धरान १ की देवी चौलागाई, प्रिंयंका कटुवाल, भगवती थपलिया, आदित्य थपलिया र कृष्टिना थपलिया, धरान–१६ की मनु राई, अञ्जु राई, सुलभ भट्टराई, धरान–१५ का हंसजीत राई, सुवास गजमेर, निरमाया सार्की, राधिका गुरागाई, चन्द्र बस्नेत, रिकेश गजमेर र आशिष् रोयलमा डेंगो रोग फेला परेको विभिन्न अस्पतालहरुको रेकर्डले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =