अज्ञात समूहद्वारा प्रदेशसभाका उम्मेदवारकाे गाडी ताेडफाेड

विष्णु जोशी, धनगढी । नेकपा एमाले कैलालीका उपाध्यक्ष तथा कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार रतन थापाको घरमा राखेको गाडी बुधवार राति अज्ञात समूहले आगजनी गरेको विषयलाई लिएर सो घटनाको नेकपा एमाले कैलालीले विरोध गरेको छ ।

‘हाम्रो पार्टी यस्तो निन्दनीय कार्यलाई आतंककारी क्रियाकलाप ठान्दछ, अज्ञात समूहको नाममा अनुसन्धान कार्यलाई कमजोर नबनाउन प्रहरी प्रशासनलाई आग्रह गर्दछौँ’ सचिव रण बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘त्यसैले घटनाको अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासनसँग माग गर्दछौँ ।’

सचिव रणबहादुर चन्द, सचिवालय सदस्य दीर्घ जोशी, विमल जोशीले घटनास्थलको प्रत्येक्ष अवलोकन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =