सात पास गर्ने ठेकेदारले अर्ब पाएपछि उत्तरगया धाम सुकाउदै

काठमाडौँ, कात्तिक १८। मुलुक निर्वाचनको मुखमा होमिँदा केही माफियाहरुलाई भने दसैँ लागेको छ । काँग्रेसी एक जना ठेकेदारले स्थानीय जनता, प्रशासनलाई छलकपट गर्दै बलजफ्ती नियम कानुन नै मिचेर जर्बजस्ती सार्वजनिक स्थलमा जलविद्युत परियोजना बनाउन सक्रिय बन्दा राज्यले कुनै सुइको पाएको छैन ।
उनी हुन्,सात कक्षा उत्तीर्ण भएका ठेकेदार तथा काँग्रेस कार्यकर्ता भरत खड्का । जसले उत्तरगाय धाम निर्माण गर्ने नाममा ३६ लाख रुपैयाँ स्वाहा पारिसकेका छन् । मुसो चाल चालेर सार्वजनिक स्थलमा जलविद्युत् परियोजना बनाउन लागेका ठेकेदार उनले अर्बौँँ रुपैयाँ शुभलाभ हात पारेको स्थानीय अधिकारीहरू बताउँछन् । हो,अहिले तिनै व्यक्ति नेपाल विद्यसत प्राधिकरणका डिजीसँग मिलेर मातृभूमिलाई लात मार्दै रसुवा–नुवाकोटको सिमानामा रहेको उत्तरगया धाम सुकाउन सबै प्रपञ्च मिलाइसकेका छन् ।
दुईबीचको सीमानमा रहेका सात गाविसका तीन लाखको दाह संस्कार गर्ने ऐतिहासिक र धार्मिक क्षेत्र मानिने उत्तरगया क्षेत्रमा ठेकेदार भरत खड्काले १९ मेगावटको जलविद्युत परियोजना बनाउन लागेका छन् । उनले उक्त परियोजना निर्माण गर्दा नियम कानुन मिचेर स्थानीय उत्तरगया गाँउपालिका,उत्तरगया क्षेत्र विकास समिति, राम मन्दिर विकास समिति,जल उपभोक्ता समिति,वन समिति लगायतका कुनै पनि समितिहरुसँग सल्लाह नगरी परियोजना अघि बढाएसँगै स्थानीयवासीहरुले विरोध जनाएका हुन् ।
‘भ्रष्ट खड्काले उत्तरगया धाम सुकाउन खोजेका छन् ।’ उत्तरगया क्षेत्र विकास समितिका कोषाध्यक्ष ईश्वर लाल श्रेष्ठले भरत खड्का भन्छन्–‘उनी उत्तरगया निर्माण गर्न नभई उत्तरगया धाम नै सुकाउन आएको भ्रष्ट व्यक्ति हुन् ।’
स्थानीय जनता,प्रशासन समेतलाई गुमराहमा राखी उनले सार्वजानिक सुनुवाइ कार्यक्रम समेत तय गरिसकेका छन् । तर, उनको मुसो चालबारे स्थानीयले थाहा पाएपछि विरोध गरेसँगै उक्त सुनुवाइ आगामी पुस १ गते सार्वजनिक हुने भएको छ । पुषे औषी,गङ्गा दसहरा,जनैपूर्णिमा जस्ता पर्वहरुमा मेला लाग्दै आएको उक्त पवित्र धार्मिकस्थलको पहिचान नै नष्ट हुने गरी बन्न लागेको विद्युत् परियोजनाको निर्माणले पर्यावरण विग्रने हुँदा उत्तरगया क्षेत्रभन्दा ५ सय मिटर तल मात्र परियोजना बनाउन दिन सकिने उत्तरगया क्षेत्रका सदस्य ओम प्रकाश घिमिरेले बताए ।
ऐतिहासिक,धार्मिक,सांस्कृतिक दृष्टिले धरोहर मानिने उत्तरगया क्षेत्रमा जलविद्युत् परियोजना बनाउन खोजिएसँगै त्यसको विरोधमा र उत्तरगया बचाउका लागि रसुवाका केही अगुवाहरु आज विद्युत् विकास विभागमा डेलिगेसनमा गएका थिए ।
भरतलाई डिजीको साथ
हिजो शुक्रवार १७ गते महानिर्देशक नवीन राज सिंहलाई भेटी रसुवाका प्रतिनिधिहरूले पर्केक्ट इनर्जी डेभलपमेन्ट प्रा.लिई.ले त्रिशुली गङ्गा नदी जलविद्युत आयोजना बनाँउदा उत्तरगया क्षेत्रको परिचय नै नष्ट हुने गरी बन्न लागेकोबारे ध्यानाकर्षण गराउन जाँदा अण्ट सण्ट कुरा गर्दै ठेकेदारको पक्षमा उभिए । रसुवाका प्रतिनिधिहरूले प्रसिद्ध धार्मिक धरोहर उत्तरगया क्षेत्रमा हालतमा नियमविपरीत गरिएमा त्यसको प्रतिफल नराम्रो देखिने समेत महानिर्देशक सिंहलाई स्मरण गराए । डेलिगेसनमा गएका प्रतिनिधिहरूले उक्त परियोजना निर्माण गर्दा स्थानीय सरकार मानिने उत्तरगया गाँउपालिका,जिल्लाका राजनीतिक दल तथा अगुवाहरुको अनुमति विना नै हरण गर्न कसरी सकिन्छ ? भन्दै सिंहलाई प्रश्न गर्दा उनी चुप लागे । यसरी उत्तरगया धाम सुकाउनुमा मुख्य उनकै सक्रियता रहेको समेत एक प्रतिनिधिले आरोप लगाए ।
यस बारेमा रसुवा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका माधव अर्यालले गम्भीर ध्यानाकर्षण जनाए । आफू विकास विरोधी नभएको,चिलिमेजस्ता महत्त्वपूर्ण परियोजनाहरू सफल ढङ्गले रसुवामा निर्माण भएको स्मरण गराउदै रसुवाका धार्मिक ऐतिहासिक धरोहर नै ध्वस्त पार्न लागिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण र असहमति रहेको नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालले बताए ।








