७२ वर्षे वृद्धासँग २० वर्षीया युवतीको प्रेम पर्दा

एजेन्सी । भनिन्छ, प्रेम अन्धो हुन्छ । तर कहिलेकाँही यो समस्याको जड बन्ने गर्दछ । यस्तै केही सिड्नी (अष्ट्रेलिया) मा बस्ने २० वर्षीया नीना विल्सनमाथि भयो जो करिब एक वर्षदेखि ७२ वर्षका लेन्ज प्रिस्टलेसँगको सम्बन्धमा थिइन् । अब नीनाले लेन्जविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराएर पुलिससँग आफ्नो सुरक्षाको माग गरेकी छिन् ।

भनिन्, ‘नराम्रो सपना साबित भयो मेरो निर्णय’

– ‘डेली मेल अष्ट्रेलिया’ लाई दिएको अन्तर्वार्तामा नीनाले उनी र लेन्ज दुबै घरबारे केही नभएको र उनीहरुको दैनिकी सडकमा नै चल्ने गरेको बताइन् । सडकमा नै हुँदा करिब एक वर्षअघि आफ्नो भेट ७२ वर्षका लेन्जसँग भएको र उनीहरुबिच सम्बन्ध स्थापित भएको पनि उनले जानकारी दिइन् ।

केही समय अघि नीनाले लेन्जविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराउँदै आफ्नो ज्यान खतरामा भएको बताइन् । नीनाका अनुसार लेन्ज अब जुवाडे र जँड्याहा बनिसकेको र उनमाथि धेरैजसो कुटपिट गर्ने गर्दछन् । लेन्जको व्यवहार अब हिंस्रक बनिसकेको जोसँग बस्नु एक खतरा भइसकेको पनि उनले बताइन् । विल्सनकी एक वर्षकी छोरी पनि छिन् तर विल्सनको दाबी अनुसार ती लेन्जकी छोरी होइनन् ।

सोसल मिडियामा भाइरल भयो यो विषयः

नीना र लेन्जबिचको यो घटना अष्ट्रेलियाको मिडिया र सोसल मिडियामा चर्चामा रह्यो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *