यी हुन् ४० करोडको लोभ देखाएर कन्या खोज्ने ब्राम्हण

काठमाडाैं, पुस ३० । बुढेसकालमा तरुनीको आस भएपछि अनेक हरकत गर्छन् । यस्तै हरकत गरेका छन् एक ब्राम्हणले । एक ब्राह्मणले ४० करोड रुपैयाँको सम्पत्तिको फुर्ती लगाएर कन्या चाहियो भन्दै पत्रिकामा विज्ञापन प्रकाशित गरेपछि सोसल मिडियामा भाईरल भएको छ । त्यसमा पनि कम उमेर भएको कन्या चाहियो भन्दै विज्ञापन गरेका विद्या प्रसाद गौतमले आफूलाई अधबैंशे ब्राह्मण समेत भनेका थिए ।

तर अधबैंशे भनिएका उनी निकै बुढा व्यक्ति भएको र उनको कुल सम्पत्ति पनि ४० करोड नभएको बुझिएको छ । झट्ट हेर्दा ६० काटेका जस्ता देखिने उनले कम उमेरका कन्यालाई प्राथमिकता दिने भनेका छन् । यसरी पत्रपत्रिकामै सम्पत्ति छ भनेर कन्या चाहियो भन्नु गैरकानुनी हो ।
उनले केही समयअघि केटी चाहियो भन्दै पत्रिकामा विज्ञापन समेत गरेका थिए । फेसबुकमा उनको नम्बर सर्च गर्दा उनले फेसबुकमा आफ्नो नाम विद्याप्रसाद गौतम नाम राखेका छन् । उनको प्रोफाइलको फोटो हेर्ने हो भनेपनि उनी निकै बुढा देखिन्छन् । बुढो अनुहारलाई चस्मा लगाएर उनले आफूलाई अधबैंशे देखाउन खोजेका छन् ।

यद्यपि उनी निकटका केही आफन्तले उनी निकै बुढा भएको र उनको सम्पत्ति ४० करोड रुपैयाँ नभएको बताएका छन् । यसरी खुलेआम राष्ट्रिय दैनिकमा विज्ञापन गरेर सम्पत्तिको लोभका केटी फकाउने उनको हर्कतमा कोही बोलेका छैनन् ।
नियम अनुसार कुनै पनि विवाहमा सम्पत्तिको फुर्ती लगाउने, सम्पत्ति देखाएर प्रभावमा पार्ने काम गर्न पाइँदैन । तर गौतमको यस्तो हर्कत सार्वजनिक हुँदा पनि कोही पनि बोलेका छैनन् । उनले पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरे पनि सामाजिक सञ्जालमा आफ्नो कुनै पनि सूचना देखाएका छैनन् ।








