पोखरालाई स्मार्ट सिटी बनाउन जापानी संस्थासगँ सम्झौता

“
असोज ४, पोखरा । पोखरा लेखनाथ महानगर पालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानी संस्था सगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको ‘न्यू आईटी भेन्चर’ कर्पोरेसन बिच बुधवार पोखरामा सम्झौता भएको हो । महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेल र न्यू आईटी भेन्चरका कार्यकारी निर्देशक तदासी मोरी बिच सम्झौतामा हस्ताक्षर भएको छ ।
दुईपक्षबीच भएको सम्झौतामा न्यु आइटी भेन्चरले दुई वर्ष भित्रमा पोखरालाई कस्तो स्मार्ट सिटी बनाउने भन्ने बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने छ।
सम्झौता अनुसार महानगरमा सूचना–प्रविधिमा आधारित सेवा विस्तार गर्ने, विभिन्न परियोजना सञ्चालनका लागि लगानीको वातावरण बनाउने, महानगरलाई वातावरण अनुकूल, शान्त र सुरक्षित बनाउने, स्मार्ट सिटी हब बनाउने लगायतका विषयमा अध्ययन् गरी प्रतिवेदन बनाइने न्यू आइटी भेन्चरका निर्देशक मोरीले बताए ।
भेन्चरले निःशुल्क अध्ययन् प्रतिवेदन तयार पारेर महानगरलाई बुझाउने छ । उक्त संस्थाले जापानी तथा स्वदेशी अनुसन्धानकर्ता एवं विज्ञहरुलाई स्थलगत भ्रमण गराउने र आवश्यक सुझाव लिने जनाएको छ ।
सम्झौता अनुसार कम्पनीले गर्ने अन्य कार्यहरूमा महानगर भित्र सरकारी स्वामित्वका सूचना संयन्त्रहरु कसरी राख्ने, सामाजिक सेवा र सूचना केन्द्र, स्कुल पुस्तकालय,थप शिक्षा प्रणाली, हस्पिटल बिमा र उपचार प्रणाली, यातायात प्रणाली, उपयोगिता व्यवस्थापन, ऊर्जा व्यस्थापन, कानुन लागु गर्ने लगाएतका विषयमा अध्ययन गरी प्रतिवेदन तयारपारेर बुझाउने कम्पनीका सिइओ कमल अधिकारीले जानकारी दिए ।
अध्ययन पछि पोखरालाई स्पार्ट सिटी हव, सहरमा कस्तो प्रविधि भित्राउने र कुनकुन पूर्वाधारको विकास गरेर पोखरालाई स्मार्ट सिटि बनाउने भन्ने बारेमा योजना बनाउने महानगरका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले बताए । सम्भौता कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका मयेर मानबहादुर जिसीले पोखराका पानी, सडक, विद्युत्, सेवा सबैलाई स्मार्ट बनाउन सहज हुने बताए ।
कम्पनीले पोखरा महानगरपालिकालाई स्मार्ट सिटी बनाउन निःशुल्क रूपमा महानगरको अध्ययन गर्न लागेको उनले बताए ।
“








