भारतीय सुरक्षाकर्मीको ज्यादति, घरघर पसेर धम्क्याउँदै

मङ्सिर ६, कञ्चनपुर । भारतीय सुरक्षाकर्मीद्वारा सीमामा थिचोमिचो जारी छ । सीमा रक्षकको रूपमा उभिएका जंगे पिलरहरु हराउँदै जाँदा र नेपाली पक्षबाट सीमाको रेखदेखमा ध्यान नदिदा सीमा क्षेत्रमा बस्ने हरेक नेपालीले सुस्ताको झैँ सास्ती खेप्दै आउनु परेको छ । भारतीय सुरक्षाकर्मीको ‘दादागिरी’ले आजित नेपाली सीमामा आफ्नो सरकारको अस्तित्व खोज्दै थिचोमिचो र हेपाई सहन नेपालीहरू बाध्य बनेका छन् ।

सुदरपश्चिमको कञ्चनपुर स्थित दक्षिणी क्षेत्र पुनर्वास, बेलौरी, बेल्डाँडीका स्थानीयले समय समयमा भारतीय पक्षको ज्यादतिका कारण असैह्य पीडा भोग्दै आएका छन् । बषौँदेखि भोगचलन गर्दै आइरहेको जमिनमा भारतीय पक्षले आफ्नो हक जमाउन थालेपछि यहाँका स्थानीयहरु खेती गर्नबाट समेत वञ्चित बन्दै आएका छन् । भारतीय सुरक्षाकर्मी घरमै आएर घर छोड्न भनेर धम्की दिने गरेको स्थानीयको गुनासो छ । सिमानामा पर्ने जग्गा नेपाली नागरिकको भए पनि भारतीय पक्षले भोगचलन गर्न नदिने, हातहतियारसहित भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा आएर धम्की दिने गरेका कारण आफूहरू समस्यामा परेको स्थानीयवासीको दुखेसो छ ।

गत फागुन २७ गते कल्भर्ट निर्माणका क्रममा भएको झडपमा पुनर्वास नगरपालिका नम्बर ३ आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी ) को गोली लागेर स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । निर्माणाधीन कल्भर्ट नेपाली भूीममै रहेको नेपालीहरूको दाबी भए पनि भारतीय पक्षले भएको आफ्नो भएको दाबी गर्दै आएको छ । करिब ७० वर्ष पहिलादेखि सीमामा बसोबास गर्दै आएका पुनर्बास नगरपालिका ३ का सुरतबहादुर मल्लले पटक पटक भारतीय सुरक्षाकर्मीले आएर घर छोड्न धम्की दिने गरेको बताउछन् । सरकारले आफुहरुलाई हतियार उपलब्ध गराए सुरक्षामा सहज हुने पनि उनको भनाई छ ।

त्यस्तै सोही ठाउँका बासिन्दा प्रवेश सिहँले भारतीय सीमा सुरक्षा बलले कहिल्यै त घरमै आएर धम्की दिने गरेको बताए । गत फागुन २७ को घटनापछि देशका गृहमन्त्री देखि शीर्ष नेताहरू सो ठाँउको सीमाको अवलोकन गरेर गएका भए पनि सीमा विवादको समस्या उस्तै रहेको स्थानीयको भनाइ छ । पुनर्वास नगरपालिका वडा नम्बर ४ की धनकौरा शाही आफूहरूले सीमामा धेरै पीडा भोग्नुपरेकाले अब आफ्नो समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मत दिने धारणा राख्छिन् ।

सीमाको नियमितता मात्र नभई सीमामा नेपालीहरूले भोग्दै आउनु परेको समस्याप्रति सरकार र दलहरू गम्भीर बन्न जारी छ । नेपाल सानो होला भूगोलको हिसाबमा नेपाली गरिब होलान् आय आर्जनको रूपमा । तर, नेपाल र नेपालीले स्वाभिमान कहिले गिराएका छन् र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =