रन्किएर अदालत पुगेका गोपाल खड्काले ‘न्याय पाउँ’ भन्दै रिट दायर गरे

काठमाडौँ, असोज ४ । जो चोर उसैको ठुलो स्वर ! नेपाल आयल निगमका निलम्बित कार्यकारी निर्देशक गोपाल बहादुर खड्का अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । गत सोमबार मन्त्रिपरिषद्को बैठकले खड्कालाई पदबाट बर्खास्त गरेसँगै उनले सरकारविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका थिए । नभन्दै उनी आज अदालतमा मुद्दा दायर गरेर निवास फर्किएका छन् ।

डिआइजी नवराज सिलवालकै झल्को आउनेगरि उनले नेपालको संविधानको धारा ४६ तथा १३३ (२०) र (३०) बमोजिम रिट दायर गरेका छन् । आफू निर्दाेष रहेको बताउँदै उनले उत्प्रेषण, परमादेश लगायतका उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गरेका हुन् । ‘मलाई चार वर्षका लागि नियुक्त गरिएको र त्यसको म्याद २०७५ माघ १२ गतेसम्म रहेको छ । ९० दिनसम्म पुग्ने तेल भण्डारका लागि निगमले विभिन्न चार स्थानमा जग्गा खरिद गर्दा सार्वजनिक खरिद ऐन नियम अनुसार नै गरिएको छ ।’ उनले भने,‘राष्ट्रिय पत्रिकाबिरुद्ध गाली बेइज्जतीको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको छ । यो चाँडै सल्टियोस् ।’

आफू असोज २ गते बिरामी भई सुतिरहेको अवस्थामा एक्कासि पदबाट बर्खास्त गरिएको भन्दै आपत्ति जनाए । ‘ मलाई कसरी पदबाट बर्हिगमन गरियो । त्यो नै स्पष्ट छुइन । असोज २ गते बिरामी बिदा लिई घरमा आराम गर्दै थिए । पछि टेलिभिजन, रेडियो, एफएम तथा अनलाइनमा जता ततै मेरो समाचार घन्किएको चाल पाए ।’ उनले मिडियामार्फत् आफूलाई पदबाट हटाइएको समेत आफ्नो रिटमा उल्लेख गरेका छन्।

यसकारण आफूलाई विना प्रमाण र दसैँको मौका छोपेर पदबाट निकालिएको खड्काले आरोप लगाएका छन् । ‘दशैको लामो सार्वजनिक बिदा सुरु हुन लागेको र न्यायालयसमेत घटस्थापनादेखि बन्द हुने भएकोले मलाई सुनुवाइको मौकासमेत प्रदान नगरी हटाउने निर्णय भएको रहेछ । तर मलाई खास किन निकालियो त्यो प्रमाण छैन । ’

भोलि बिहीबार अदालत सार्वजनिक बिदा भएसँगै उनको रिट दर्ताको पेशी दसैँ पछाडि धकेलिएको छ । तर, उनले आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *