निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न हुने

असोज ४, काठमाडौँ । नेपाली सेनाले काठमाडौँ निजगढ दु्रतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले काठमाडौँ निजगढ दु्रतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बुधवार व्यवस्थापिका संसद् अन्तरगतको विकास समितिको बैठकमा बोल्दै खाँडले समयमै दु्रतमार्ग निर्माण कार्य सम्पन्न हुनेगरी १ वर्ष भित्र डिजाइनको सबै काम पूरा गर्ने लक्ष्य लिइएको स्पष्ट पारे । गत वैशाख १९ गते बसेको मन्त्रीपरिषद बैठकले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी यो दु्रतमार्ग निर्माणको काम पूरा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हाल डिजाइनको कामलाई उच्च प्राथमिकता दिइएको उपरथी खाँडले जानकारी दिए ।

नेपाली सेनाले दु्रतमार्ग निर्माणको कामका लागि हाल मुआब्जा वितरणको काममा तीव्रता दिएको छ । मुआब्जा वितरणको कामलाई पनिसँगै अघि बढाइएको उपरथी खाँडले बताए । उनले मुआब्जा वितरणको काममा केन्द्रित भएको बताए ।

नेपाली सेनाले दु्रतमार्ग निर्माणका लागि स्वदेशी स्रोत र साधनकै परिचालन गर्ने योजना पनि बनाएको छ । त्यसका लागि स्वदेशी निर्माण व्यवसायीहरुसँग आवश्यक छलफल भइरहेको पनि उपरथी खाँडले जानकारी दिए । सकेसम्म स्वदेशी निर्माण सामग्रीलाई प्रयोग गरेर दु्रतमार्ग निर्माणको काम सम्पन्न गर्ने तयारी नेपाली सेनाको छ ।

नेपाली सेनाले दु्रतमार्ग निर्माणका लागि आवश्यक पेट्रोलियम पदार्थ आयल निगमबाट सोझै लिने व्यवस्था गरेको छ । काठमाडौँ निजगढ दु्रतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *